१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताबाट आजबाट सुरु हुँदै, उद्घाटन भने १६ गते

spot_img
spot_img

१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताका खेलहरू आजबाट सुरु हुँदैछन् । प्रतियोगीताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते हुने तय भएको छ ।

आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल सुरु हुने छन् ।

दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने छ ।

त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । अहिले खेलाडीहरु पनि वीरेन्द्रनगर पुगेका छन् ।

खेलको उद्घाटन र समापन सुर्खेतकै रंगशालामा हुनेछ । उद्घाटन १६ गते हुँदैछ भने समापन मंसिर २७ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भूकम्प अपडेटः कहाँ थियो केन्द्रविन्दु ? कति थियो म्याग्निच्युड ?

आज बिहान काठमाडौँमा समेत सामान्य रुपमा भूकम्पको धक्का महशुस...

नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन

नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग...

यस्ता छन् भारत भ्रमणका २४ उपलब्धि: भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी हुने, पञ्चेश्वर अघि बढ्ने

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणको अन्त्यमा नेपाल...

यति पेन्ट्स मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित

पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रा.लि. आन्तरिक राजस्व...

व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित

आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछापका व्यवसायी श्याम थापालाई उत्कृष्ट...