बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

spot_img
spot_img

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार गर्ने क्रममा होटल व्यवसायी तथा Hotel Sabrina Limited का अध्यक्ष निराजन थापाले विश्वप्रसिद्ध होटल समूह Accor सँग अर्को महत्वपूर्ण साझेदारी गरेका छन्। निराजन थापा र Accor समूहअन्तर्गतको AAPC India Hotel Management Company Pvt. Ltd. बीच काठमाडौंको बुढानीलकण्ठमा ९२ कोठाको प्रस्तावित ibis Styles Hotel विकास तथा व्यवस्थापनका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।

यो साझेदारी थापाको Accor समूहसँगको बढ्दो सहकार्यको अर्को महत्वपूर्ण उपलब्धि हो। यसअघि नै उनको नेतृत्वमा Hotel Sabrina Limited अन्तर्गत Accor को प्रिमियम लाइफस्टाइल ब्रान्ड TRIBE Kathmandu परियोजना अघि बढिरहेको छ। १०१ कोठाको प्रस्तावित TRIBE Kathmandu होटलमा क्यासिनोसहित विभिन्न आधुनिक आतिथ्य तथा लाइफस्टाइल सुविधाहरू रहनेछन्। उक्त परियोजना सन् २०२७ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

TRIBE Kathmandu र प्रस्तावित ibis Styles परियोजनासँगै निराजन थापाको नेतृत्वमा Accor समूहका दुई फरक अन्तर्राष्ट्रिय होटल ब्रान्ड काठमाडौंमा विस्तार हुने दिशामा अघि बढेका छन्। यी परियोजनाले नेपालको पर्यटन तथा होटल क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै रोजगारी, लगानी र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...

कोरला नाकामा हिउँ पर्न थाल्यो, साढे २ महिना चीनसँगको व्यापार कसरी सञ्चालन होला ?

नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको...

आकाश क्यापिटलको शेयर किनेर कामना सेवा पनि मर्चेन्ट बैंकिङ व्यवसायमा

कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक...

नामी भिगो vs एट्टो–२ः क्षमता, विशेषता र मूल्यका आधारमा कुन उत्कृष्ट ?

अटोमोबाइल्स बजारमा अहिले दुइ चर्चित ईभी ब्राण्डका कम्प्याक्ट एसयूभी...

बढ्यो सुनको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...