नेपाल एसबिआई बैंकद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनल उद्घाटन

spot_img
spot_img

नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बैंक तथा गुरद्वाराका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । श्रद्धालुहरू, स्थानीय बासिन्दा तथा ग्राहकहरूलाई सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उतm नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको बैंकले जनाएको छ। यसबाट ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

साथै, बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान र शिक्षाको ज्योति फैलाउने पवित्र उद्देश्यका साथ गुरद्वारा गुरु नानक सत्संग समिति, कुपण्डोल, ललितपुर परिसरमा बाल पुस्तकालय स्थापनार्थ सहयोग सामाग्रीहरु प्रदान गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले समितिका अध्यक्ष श्री प्रितम सिंहलाई एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदाय स्तरमा यस्ता गतिविधिहरू समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् भारत भ्रमणका २४ उपलब्धि: भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी हुने, पञ्चेश्वर अघि बढ्ने

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणको अन्त्यमा नेपाल...

यति पेन्ट्स मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित

पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रा.लि. आन्तरिक राजस्व...

व्यवसायी थापा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित

आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछापका व्यवसायी श्याम थापालाई उत्कृष्ट...

यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच...

भारतले २ खर्ब ४० अर्ब विकास सहयोग उपलब्ध गराउने

भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ...

जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक...