आज बिहान काठमाडौँमा समेत सामान्य रुपमा भूकम्पको धक्का महशुस भयो । तर, यो भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प मापन गरिएको छ भन्ने जानकारी भने भर्खरै सार्वजनिक भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मंगलबार बिहान ७ः१७ बजे पूर्वी नेपालमा भूकम्प गएको हो । त्यसैको पराकम्प काठमाडौँमा समेत महशुस भएको हो । केन्द्रका अनुसार ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
तिब्बतसँग जोडिएको क्षेत्रमा भूकम्प जाँदा त्यसको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा बढी महसुस भएको छ । भूकम्पले के कस्तो क्षति पुगेको छ वा छैन भन्नेबारे विवरणहरु आइसकेका छैनन् ।









