आकाश क्यापिटलको शेयर किनेर कामना सेवा पनि मर्चेन्ट बैंकिङ व्यवसायमा

spot_img
spot_img

कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ । यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मिति २०८३ मंसिर ७ गते सोमबार बिहान ११ः०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ । बैंकद्वारा संस्थापक शेयर अधिग्रहण सम्पन्न भएपछि आयोजित यो पहिलो वार्षिक साधारण सभा हो ।

समान्य प्रस्ताव तर्फ सभाले आर्थिक वर्ष २०८२÷८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत पारित गरेको छ । यसैगरी, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका कमर्चारीहरूको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ ।

विशेष प्रस्ताव तर्फ सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । यसबाट कम्पनीको पुँजीगत आधार थप सुदृढ हुनेछ । साथै, आगामी व्यावसायिक विस्तार तथा नयाँ लगानीका अवसर उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ । यसै गरी, कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यले संस्थाको हालको नाम ‘आकाश क्यापिटल लिमिटेड’ बाट परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी नयाँ नामबाट सञ्चालनमा आउनेछ ।

कामना सेवा विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा अघि बढिरहेको कामना सेवा क्यापिटल लिमिटेडले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाहरूको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । पारित प्रस्तावहरूको कार्यान्वयनसँगै कम्पनीको संस्थागत क्षमता अभिवृद्धि तथा व्यावसायिक विविधीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । साथै, कम्पनीले नेपालको पुँजी बजारको विकासमा योगदान पुर्‍याउँदै लगानीकर्तालाई विविध वित्तीय सेवा तथा लगानीका अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नामी भिगो vs एट्टो–२ः क्षमता, विशेषता र मूल्यका आधारमा कुन उत्कृष्ट ?

अटोमोबाइल्स बजारमा अहिले दुइ चर्चित ईभी ब्राण्डका कम्प्याक्ट एसयूभी...

बढ्यो सुनको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा घोषित भारतीय सहयोगको निक्कीद्वारा स्वागत

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह...

१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताबाट आजबाट सुरु हुँदै, उद्घाटन भने १६ गते

१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताका खेलहरू आजबाट सुरु हुँदैछन् ।...

भूकम्प अपडेटः कहाँ थियो केन्द्रविन्दु ? कति थियो म्याग्निच्युड ?

आज बिहान काठमाडौँमा समेत सामान्य रुपमा भूकम्पको धक्का महशुस...