spot_img

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । बिहीबार छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भारत भ्रमणमा गएका अर्थमन्त्री डा. वाग्ले आज स्वदेश फर्किएका हुन् ।

भारत भ्रमणका क्रममा उनले मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

भ्रमणका क्रममा रसुवा बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।

साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...

राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स...

टंगालको भाट-भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं टंगाल स्थित भाट-भटेनी सुपर स्टोर असोज ५ गते...