spot_img

नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो

spot_img

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ । सेप्टेम्बर १६ मा स्वीट्जरल्यान्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो ।

नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताए । नेपाली आईटी कम्पनीहरूको सेवा र प्रविधि समाधानलाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यले रोडशो आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आईटी कम्पनी तथा स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो ।

रोडशोमा नेपालका १७ वटा आईटी कम्पनीले एक–एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिएका थिए ।

एआई, साइबर सुरक्षा, प्रडक्ट डेभलपमेन्ट, आईटी सर्भिसेस, बीपीओ, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङलगायतका क्षेत्रमा नेपाली कम्पनीहरूले गरेको काम र उपलब्धिबारे पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा सम्भावित व्यावसायिक सहकार्य, साझेदारी, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे छलफल भएको थियो ।

नास–आईटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको छ । स्वीट्जरल्यान्डमा आयोजित रोडशो पनि नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय, लगानी र सहकार्यका सम्भावनासँग जोड्ने प्रयासका रूपमा आयोजना गरिएको हो ।

रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन (एसडीसी) लगायतका साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको थियो भने स्विस नेपाल चेम्बर अफ कमर्स सह–आयोजकका रूपमा रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर...

राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स...

टंगालको भाट-भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं टंगाल स्थित भाट-भटेनी सुपर स्टोर असोज ५ गते...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला...