चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३ साउनमा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ७३ करोड खुदनाफा कमाएका छन् । पहिलो महिनामा बैंकहरुले कुल ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ८८ करोड ३१ लाख खुद नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख खुद नाफा कमाएको छ। नेपाल एसबिआई बैंकले सबैभन्दा कम १७ करोड ५९ लाख खुद नाफा कमाएको छ।
हेर्नुस् कुन बैंकको नाफा कति ?











