आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय १० रुपैयाँ ५० पैसा तोकिएको छ।










