spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

spot_img

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ । योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ ।

नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्था ध्यानमा राखेर विकास गरिएको पी२ स्कुटर केवल सहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको होइन । उकालो बाटो, घुम्ती सडक, दैनिक सहरको ट्राफिकदेखि लामो दुरीका यात्रासम्म ध्यानमा राख्दै पी२ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै ल्याटफर्ममा समेटिएको छ ।

सिप्रदी यात्रीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री क्षमता, रङ तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्प छनोट गरी स्कुटरलाई आफू अनुकूल बनाउन सक्नेछन् ।

नेपाली सडकका लागि इन्जिनियरिङ गरिएको

पी२ को मुख्य विशेषतामध्ये पीएमएसएम मिड ड्राइभ मोटर एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ अवस्थामा समेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको छ ।

यसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ । साथै, एक्टिभ्ली-कुल्ड हाई-पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ ।

पी२ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ । डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्छ ।

तीन ब्याट्री अप्सन

पी२ मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीन वटा ब्याट्री विकल्प उपलब्ध छ । ३ किलोवाट आवरले सहरभित्र ९० किलोमिटरसम्म रेन्ज, ३।७ किलोवाट आवर ब्याट्रीले १ सय १२ किलोमिटरसम्म र ५।२ किलोवाट आवरट ब्याट्रीले १ सय ५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

त्यस्तै थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिन्छ । पी२ का ब्याट्री सिस्टम विशेषगरी यही प्ल्याटफर्म ध्यानमा राखेर विकास गरिएका हुन् र नेपालको सञ्चालन अवस्था अनुसार परीक्षण समेत गरिएको छ ।

पी२ मा उद्योगकै अग्रणीमध्ये एक मानिने ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध छ, जसले दीर्घकालीन प्रयोगमा ग्राहकको विश्वासलाई थप मजबुत बनाउने यात्रीको उद्देश्यलाई प्रतिविम्बित गर्छ ।

पी२ मा इन्स्टल्ड अनबोर्ड चार्जर, ७ इन्च टीएफटी डिस्प्ले, ४जी कनेक्टिभिटी, मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, मल्टिपल लेभल रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड, क्रुज कन्ट्रोल, क्लास डी हेडल्याम्प, रिजेन–रेस्पोन्सिभ टेललाइट, एन्टिथेफ्ट नोटिफिकेसन, मोटर लक लगायत सुविधा उपलब्ध छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...