spot_img

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

spot_img

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नाम लिएर उनले विदेश पठाइदिने भन्दै व्यक्तिहरुलाई ठगी गरेका थिए ।

नेपालबाट इजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनी नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताबमोजिम छनौटमा नपरेका मानिसहरुलाई पावर लगाएर पठाइदिने भन्दै चौलागाईंले उनीहरुसँग मोटो रकम असुल गरेका थिए । लक्की ड्रमा नपरेकामध्ये १ सय ५६ जनासँग प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले कुल २ करोड ५० लाख ठगी गरेको पाइएको सीआईबीले जनाएको छ ।

चौलागाईं रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं १ का स्थायी बासिन्दा हुन् । उनलाई प्रहरीले रामेछापबाटै पक्राउ गरेको हो ।

उनीसँगै दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ८ घर भएकी पत्रकर बालिका सिवाकोटी पनि पक्राउ परेकी छिन् ।

सीआईबी प्रवक्ता एसएसपी अनुपमसमशेर जबराका अनुसार यस प्रकरणको अनुसन्धान भइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...