नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको लागि ३२ जनाले आवेदन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले आज प्राधिकरणको अध्यक्ष र सदस्य पदमा दरखास्त दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार अध्यक्षको लागि ३२ जना र सदस्यको लागि ३३ जनाको आवेदन परेको छ। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरु कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वत: पदमुक्त भएका थिए।
यी हुन् अध्यक्षमा आवेदन दिने ३२ जना













