Saturday, July 25, 2026
spot_img

महासंघको कोषाध्यक्ष पदमा अम्बिका पौडेलद्वारा उम्मेदवारी घोषणा

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार हुन लागेको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

पौडेलले व्यक्तिगत आकांक्षा वा पद प्राप्तीको उद्देश्यले नभई व्यवसायी समुदायको साझा भावना, संस्थागत विकास प्रतिको प्रतिवद्धता तथा महासंघलाई अझ सक्षम, प्रभावकारी, बिधि र बिधान अनुसार अघि बढाउन र सबैको अपनत्व भएको संस्था बनाउने संकल्पका साथ आफू अघि बढेको उल्लेख गरेका छन् ।

उनले महासंघमा कार्यकारी सदस्यका रूपमा अहिले आफ्नो तेस्रो कार्यकाल रहेको र यसअघि पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी निर्वाह गरिसकेको पनि बताएका छन् । ती भूमिकामा रहँदा व्यवसायीका आवाज सरकारसम्म पुर्‍याउने, कर तथा राजस्वसम्बन्धी जटिलताहरू समाधानका लागि पहल गर्ने, कर, भन्सार, अन्तशुल्क लगायतका कानुनका व्यवहारिक समस्याहरू उठान गर्ने तथा निजी क्षेत्रका हितका पक्षमा निरन्तर संवाद र सहकार्य गर्ने प्रयास गर्दै आएको पौडेलले उल्लेख गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन शुक्रबार हुँदैछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img