Thursday, May 21, 2026
spot_img

सिजेएनका सदस्यले केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट पाउने

spot_img
spot_img

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)मा आवद्ध सदस्य तथा उनीहरुका परिवारलाई स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

केएमसी र सिजेएनबीच बुधबार (जेठ ६ गते) भएको सम्झौता अनुसार समाजमा आवद्ध सञ्चारकर्मी र उनीहरुका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका हुन् ।

सम्झौता अनुसार अस्पतालले सिजेएनका सदस्य तथा उनीहरुका परिवार बिरामी भई उपचारका लागि आउदा लाग्ने विभिन्न सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट दिने व्यवस्था छ । यद्यपि २०८३ असार ३० गते सम्मका लागि भने अस्पतालले ५० प्रतिशत सम्म छुट दिने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएको केएमसीले सिजेएनका सदस्यहरुलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने जनाएको छ ।

सम्झौता अनुसार अस्पतालले सामान्य बेड शुल्कमा २५ प्रतिशत तथा क्याबिन सेवामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
यसैगरी आईसीयू, एचडीयू, सीसीयू तथा ओटी सेवा शुल्क, ल्याब जाँच, सिटी स्क्यान र एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, विभिन्न निदानात्मक परीक्षण, फिजियोथेरापी लगायत सेवामा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अस्पतालले डेन्टल उपचार अन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । ईआरसीपी, एमआरसीपी, एन्जियोग्राम, एन्जियोप्लास्टी तथा न्यूरो इन्टरभेन्सन सेवामा समेत २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यद्यपि क्याथ ल्याब सामग्री, स्टेन्ट, गाइड वायर, बेलुन लगायतका उपभोग्य सामग्री तथा प्रत्यारोपण सेवामा भने कुनै छुट नहुने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार सेवा लिनका लागि बिरामीले आफ्नो परिचयपत्र, नागरिकता वा आवश्यक कागजात अस्पतालमा पेश गर्नुपर्नेछ । १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि अनिवार्य साथमा ल्याउनुपर्ने व्यवस्था छ ।

नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, ज्येष्ठ नागरिक, औषधि उपचार कोष लगायतको स्वास्थ्य उपचार सेवाहरु पूर्ण रुपमा उपयोग गरिसकेपछि मात्र अस्पतालले सम्झौता अनुसारको थप सुविधा प्रदान गर्ने जनाएको छ ।

यसैगरी सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमामा आबद्ध कर्मचारी तथा बिरामीहरुको सहजताका लागि अस्पतालले छुट्टै काउन्टरको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध कर्मचारीका हकमा सम्बन्धित कार्ड अनिवार्य गरिएको छ ।

सम्झौतापत्रमा केएमसीका तर्फबाट प्रशासनिक प्रबन्धक अर्चना थापा तथा जनसम्पर्क प्रमुख सुधा कट्टेल र सिजेएनका तर्फबाट अध्यक्ष अर्जुन खतिवडा र सचिव माधवकुमार खड्काले हस्ताक्षर गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएस कम्पनी, कहाँ खर्च गर्छ ११५ खर्ब ?

एलन मस्कको कम्पनी स्पेसएक्स (SpaceX) ले इतिहासकै सबैभन्दा ठूलो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको...

भ्याटको दर दुइथरी नबनाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लगाउन...

बजेटको लागि पूर्वअर्थमन्त्रीले दिए सुझाव: खतिवडाले सबैभन्दा धेरै दिँदा खनालको ३ वटा मात्रै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक आवको बजेट निर्माणमा पूर्व...

महासंघको कोषाध्यक्ष पदमा अम्बिका पौडेलद्वारा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेलले...

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुल्यो

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन...
spot_img