आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ८ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ ।












