Thursday, May 21, 2026
spot_img

नेपालमा एमजी हेक्टर सार्वजनिक, मूल्य ६६ लाख ९९ हजार

spot_img
spot_img

जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइलले नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

नयाँ एमजी हेक्टरको सार्वजनिकरण केही समयअघि मात्रै MG Windsor / MG Comet नेपालमा सार्वजनिक लगत्तै गरिएको हो । यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ । आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो केबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ ।

कम्पनीका अनुसार यो नयाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ । सार्वजनिकरण कार्यक्रममा बोल्दै जि.ओ. अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए । उनका अनुसार, “एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो । यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य–सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ । नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।”

उनले नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको समिश्रण खोज्नेहरूका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे ।

एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्यबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो एसयूभी चार फरक संस्करणमा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार नयाँ एमजी हेक्टरको सार्वजनिक सँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ । साथै जी.ओ. अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा, आधिकारिक पुर्जाको सहज उपलब्धता तथा ग्राहककेन्द्रित सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएस कम्पनी, कहाँ खर्च गर्छ ११५ खर्ब ?

एलन मस्कको कम्पनी स्पेसएक्स (SpaceX) ले इतिहासकै सबैभन्दा ठूलो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको...

भ्याटको दर दुइथरी नबनाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लगाउन...

बजेटको लागि पूर्वअर्थमन्त्रीले दिए सुझाव: खतिवडाले सबैभन्दा धेरै दिँदा खनालको ३ वटा मात्रै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक आवको बजेट निर्माणमा पूर्व...

महासंघको कोषाध्यक्ष पदमा अम्बिका पौडेलद्वारा उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा अम्बिका प्रसाद पौडेलले...

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव गर्ने बाटो खुल्यो

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन...
spot_img