Sunday, July 26, 2026
spot_img

विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएस कम्पनी, कहाँ खर्च गर्छ ११५ खर्ब ?

spot_img

एलन मस्कको कम्पनी स्पेसएक्स (SpaceX) ले इतिहासकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले जुन १२, २०२६ मा नास्डाकमा सूचीकृत हुने लक्ष्य राखेको छ र सिम्बल SPCX हुनेछ।

आईपीओको आकार  लगभग ७५ अर्ब डलर (११५ खर्ब नेपाली रुपैयाँ बराबर) को हुने अनुमान गरिएको छ। यो रकमले साउदी अराम्कोको २९ बिलियन डलरको रेकर्ड तोड्ने छ, जुन अहिलेसम्मको विश्वकै ठूलो आईपीओ हो। कम्पनीको कुल मूल्यांकन १.७५ ट्रिलियन डलरसम्म पुग्ने अनुमान। यो मूल्यांकनले स्पेसएक्सलाई विश्वका सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनाउनेछ।

स्पेसएक्सले आईपीओबाट उठेको रकम स्टारशिप (Starship) रकेटको विकास र मंगल मिशनलाई तीव्रता दिन, अहिले १ करोडभन्दा बढी ग्राहक रहेका स्टारलिङ्क (Starlink) स्याटेलाइट इन्टरनेट सेवाको विस्तार गर्न र एआई (Artificial Intelligence) र डाटा सेन्टर प्रोजेक्टहरूमा लगानीको योजना बनाएको छ। नयाँ रकेट प्रक्षेपण, स्पेस टुरिज्म र दीर्घकालीन मंगल बसोबास योजनाहरूको लागि पनि केही रकम खर्च हुने छ।

स्पेसएक्सले अप्रिल १, २०२६ मा गोप्य रूपमा आईपीओको लागि आवेदन दिएको थियो र मे २० मा सार्वजनिक फाइलिङ गरेको छ। एलन मस्कले बहुमत भोटिङ कन्ट्रोल कायम राख्न सुपर-भोटिङ शेयरहरू राख्ने योजना बनाएका छन्।

कम्पनीको हालको मुख्य व्यवसाय स्टारलिङ्कले राम्रो नाफा कमाइरहेको छ भने एआई क्षेत्रमा ठूलो लगानीका कारण घाटा छ। यो आईपीओले सामान्य लगानीकर्तालाई पनि स्पेस एक्सप्लोरेसन, स्याटेलाइट इन्टरनेट र स्पेस टेक्नोलोजीमा लगानी गर्ने मौका दिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...
spot_img