‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो ।
यसअघि बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
विपक्षी दलका सांसदहरुले विरोध जनाइरहेकै बेला सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।












