Monday, September 7, 2026
spot_img

भ्याटको दर दुइथरी नबनाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

spot_img

उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लगाउन माग गर्दै आइरहेका बेला पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भने यसो नगर्न सुझाव दिएका छन् । निजी क्षेत्रले हाल १३ प्रतिशत रहेको भ्याटको दर क्रमशः घटाउँदै र वस्तु अनुसार फरक फरक दर लगाउन माग गर्दै आएपनि पूर्व अर्थमन्त्री खतिवडाले भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यसो नगर्न सुझाव दिएका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले पूर्व अर्थमन्त्रीहरुसँग बजेट निर्माणका सन्दर्भमा सुझाव लिन छलफलको आयोजना गरेका थिए । त्यस क्रममा खतिवडाले ‘मूल्य अभिवृद्धि कर दुई दरमा नजानुहोला’ भन्ने सुझाव दिएको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जनाएको छ ।

बरु उनले अन्तःशुल्क जबर्जस्ती लगाउने गरिएको भन्दै यसलाई कम गर्दै जान सुझाव दिएका छन् । साथै, आयकरको सीमाको तल्लो स्ल्याब नचलाउन पनि खतिवडाको सुझाव छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...