Wednesday, June 10, 2026
spot_img

विद्युत् नियमन आयोगको अध्यक्ष र चार सदस्यको लागि दरखास्त आह्वान

spot_img
spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिले आज दरखास्त आह्वान गरेको हो।

समितिले आयोगमा एक जना अध्यक्ष र एक जना महिला सहित ४ जना सदस्यको लागि दरखास्त आह्वान गरेको हो। समितिले सूचना प्रकाशन भएको १५ दिन भित्र अर्थात् जेठ २१ गतेसम्म आवेदन दिन भनेको छ।

आवेदन दिँदा विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची – १ बमोजिमको आवेदन (पासपोर्ट साइजको फोटो सहितको आवेदन साथ आफैले प्रमाणित गरेको नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, आवेदन दस्तुर तिरेको भौचर, कार्य अनुभव पुष्ट्याइँ हुने कागजात र विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची – २ बमोजिमको स्वघोषणा) छुट्टै खाममा पेश गर्नुपर्नेछ ।

उम्मेदवारले पाँच हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना ( Business Action Plan) को ३ प्रति छुट्टै खाममा सिलबन्दी गरी पेश गर्नुपर्नेछ ।

समितिका अनुसार आवेदन पेश गरेका उम्मेदवारहरू मध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिनेछ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूमध्ये व्यावसायिक कार्ययोजनामा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवारलाई मात्र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी गराइने समितिले जनाएको छ ।

यसअघि आयोगका अध्यक्ष र चार  सदस्य सरकारले जारी गरेको ‘ सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका छ। मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...

फ्लाई दुबईले पायो पोखराबाट दैनिक उडानको अनुमति

संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट...
spot_img