Sunday, July 26, 2026
spot_img

प्रचण्ड र माधब नेपालबीच पार्टी एकताको सहमति, नामबाट ‘माओवादी’ हटाएर ‘समाजवादी’ राखिने

spot_img

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच पार्टी एकता गर्ने अन्तिम चरणको सहमति भएको छ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकेको निर्वाचनका लागि दल दर्ता गर्न दिएको समयअघि नै दुई पार्टीबीच एकता हुने बताइएको छ ।

अब नेतृत्व र चुनाव चिन्ह मात्रै मिल्न बाँकी छ । नेतृत्वको विषय टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको छ । नेतृत्वमा दुइ जना अध्यक्ष रहने प्रावधान राख्ने विषयमा छलफल भएपनि दुइ अध्यक्ष राख्दा विगतमा असफल हुनु परेकाले त्यो मोडलमा नजान दूबै पक्ष सहमत भएका छन् । यस आधारमा प्रचण्डलाई संयोजक र माधब नेपाललाई सहसंयोजक तोकेर जान सकिने सम्भावना रहेको बताइएको छ ।

नेताहरुका अनुसार पार्टीको चुनाव चिन्हमा भने सहमति हुन बाँकी छ । माओवादी गोलाकार भित्रको हसिया हथौडा त्याग्न तयार भएपनि नेकपा एसको हाल कायम चुनाव चिन्ह कलम मान्न तयार छैन । नेकपा एसले भने कलमलाई नै चुनाव चिन्ह राखौँ भनेर प्रस्ताव गरिरहेको छ ।

सिद्धान्त र कार्यक्रम टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद र कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ । जस अनुसार अब माओवादी केन्द्रले नामबाटै माओवादी हटाएर मार्गदर्शक सिद्धान्तबाट पनि माओवाद छोड्ने भएको छ ।

एकीकरणपछि बन्ने पार्टीको नाममा सहमति हुन बाँकी भएपनि अब माओवादी भन्ने रहने छैन । स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने बारे छलफल भइरहेको छ ।

साथै, हाल निर्वाचन आयोगमा दर्ता रहेको नेकपा समाजवादीलाई समेत ल्याएर त्यहीँ नाम राख्ने भन्नेमा पनि छलफल भइरहेको बुझिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...
spot_img