Sunday, July 26, 2026
spot_img

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

spot_img

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२÷०८३ मा नेपाल आएका पर्यटकको तथ्यांक सार्वजनिक गरेको हो ।

जस अनुसार गत आर्थिक वर्षमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यीमध्ये भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन् । भारतबाट ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ । कुल पर्यटक आगमनमा भारतीय पर्यटकको हिस्सा २५.७६ प्रतिशत रहेको छ ।

अमेरिकाबाट १ लाख ११ हजार ३२५ जना, चीनबाट १ लाख ९ हजार ८९२ जना र बंगलादेशबाट ५८ हजार १६३ जना पर्यटक नेपाल आएका छन् ।

बेलायतबाट ५६ हजार ६४९ जना, अष्ट्रेलियाबाट ५३ हजार १९५ जना, श्रीलंकाबाट ४३ हजार २११ जना, भुटानबाट ३६ हजार २८९ जना, म्यानमारबाट ३० हजार ७३७ जना, जर्मनीबाट २९ हजार ,२९६ जना, थाइल्यान्डबाट २७ हजार २०१ जना, जापानबाट २५ हजार ७६२ जना र मलेसियाबाट २५ हजार ६४० जना पर्यटक नेपाल आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...
spot_img