आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४६ हजार १ सय ४० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।










