Friday, July 24, 2026
spot_img

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

spot_img

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५ दिनपछि श्रमिकहरुलाई विदेश नपठाउने चेतावनी दिएको छ । सरकारलाई १५ दिने अल्टिमेटम दिँदै संघले म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता नभए १५ दिनपछि श्रमिकलाई विदेश नपठाउने चेतावनी दिएको हो ।

आयोजित विशेष भेलामा संघका अध्यक्ष डिक बहादुर खत्रीले व्यवहारिक पक्ष नबुझी कारबाहीको डण्डा चलाइएको भन्दै अब व्यवसायी र श्रमिक मिलेर कडा आन्दोलन गर्ने बताएका छन् । भारतीय विमानस्थल हुँदै अन्य मुलुकमा श्रमिक पठाएको भन्दै वैदेशिक रोजगार विभागले ५९८ म्यानपावर कम्पनीलाई कारबाही गरेपछि संघले उक्त कारबाही फिर्ता लिनुपर्ने, व्यवसायीप्रतिको व्यवहार सच्याउनुपर्ने माग गरेको छ ।

संघका अध्यक्ष खत्रीले वैदेशिक रोजगारीको अन्तिम प्रक्रियामा रहेका सबै श्रमिकहरूलाई आगामी १५ दिनभित्र पठाइसक्ने र त्यसपछि कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

‘१५ दिनभित्र अन्तिम प्रक्रियामा भएका सबै श्रमिकहरूलाई पठाइसक्नुहोला,’ उनले व्यवसायीहरुलाई भने, ‘हाम्रा माग सम्बोधन नगरे हामी विदेश पठाउँदैनौँ । त्यपछि हामीले आन्दोलन गर्नै पर्दैन । युवाहरुले नै आन्दोलन गर्छन् ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...

सुरज वैद्य बने अनररी कन्सुलर एचसीसीएनको डीन

प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ...
spot_img