Sunday, July 26, 2026
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

spot_img

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीसँग छलफल भएको छ ।

छलफलमा विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धी विद्युत बजारको विकास, खुला पहुँच, प्रसारण पूर्वाधारको प्रभावकारी उपयोग तथा क्षेत्रीय ऊर्जा व्यापारका सम्भावनाबारे विस्तृत विचार विमर्श भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग समन्वयमा बी टू बी मोडलमार्फत निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक नीतिगत र कानुनी व्यवस्था बनाउन मन्त्रालय सकारात्मक रहेको बताउँदै राज्यको हित, प्राधिकरणको भूमिका र उपभोक्ताको अधिकार सुरक्षित हुने गरी विद्युत व्यापार विस्तार गरिने स्पष्ट पारेका छन् ।

ऊर्जा उत्पादनसँगै व्यापार र बजार विस्तारमा निजी क्षेत्रको अनुभव उपयोग गर्दै नेपाललाई दक्षिण एशियाको स्वच्छ ऊर्जा केन्द्रका रूपमा स्थापित गर्ने तथा ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धिमा योगदान पुर्‍याउने साझा प्रतिवद्धता छलफलमा व्यक्त गरिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...
spot_img