Saturday, July 25, 2026
spot_img

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

spot_img

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

भुक्तानी सेवा प्रदायकका लागि केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै अब सेवा प्रदायककले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरेर मात्रै वालेट खाता खोल्ने व्यवस्था मिलाउन भनेको हो ।

२०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वघोषणा लिन र राष्ट्रिय परिचयपत्र लिएकाको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्रिय परिचयपत्र लिई बाँकी प्रयोगकर्तालाई राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सेवा प्रदायकले मोबाइल एप्लिकेसन वा अन्य माध्यमबाट प्रत्येक महिना जानकारी दिनुपर्नेछ ।

यसैगरी, विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइन मार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र बाहेकका अन्य आवश्यक कागजात लिएर पनि वालेट खोल्न सक्ने छन् । तर, नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गराउनुपर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...
spot_img