नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको लागि तयारी सुरु गरेको छ । बोर्डले नेपाल धितोपत्र बोर्ड आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा बजारमा तरलता अभिवृद्धि गर्न short selling लगायतका अन्तराष्ट्रिय रुपमा स्वीकृत बजार संयन्त्रहरु चरणवद्द रुपमा अध्ययन, परिक्षण र कार्यान्वयन गर्ने जनाएको छ।
बोर्डले Short Selling सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न सबै प्रकारको सहजीकरणको लागि तयार भएको जनाएको छ।
short selling लाई बजार घट्दा पनि आम्दानी गर्न सकिने औजारको रुपमा लिने गरिन्छ । सामान्यतया शेयरबजार बढ्दा मात्र लगानीकर्ताले नाफा कमाउन सक्छन्। तर Short Selling उपलब्ध भएको बजारमा भने शेयर मूल्य घट्दा पनि नाफा कमाउन सकिन्छ। Short Selling मा लगानीकर्ताले आफूसँग नभएको शेयर निश्चित अवधिका लागि सापटी लिन्छन् र त्यसलाई तत्काल बजारमा बिक्री गर्छन्।
यसै सन्दर्भमा बिजनेशपानाले Short Selling भनेको के हो, यसले कसरी काम गर्छ, यसको कार्यान्वयनको लागि कानूनी व्यवस्था, यसको कार्यान्वयनपछि कारोबार रकम कति बढ्न सक्छ लगायतका विषयबारे नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरि पराजुलीसँग कुराकानी गरेका छौँ ।
हेर्नुस् भिडियो :









