Friday, July 24, 2026
spot_img

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

spot_img

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ। महासंघका कार्यकारिणी समिति सदस्य प्रियराज रेग्मी सभापति रहने गरि २०८३ देखि २०८५ सम्मको लागि पुँजीबजार समिति गठन भएको हो। सभापति प्रियराज रेग्मी ब्रोकर नम्बर ५० क्रिस्टल कन्चनजङ्गा सेक्युरिटिज प्रालिका अध्यक्ष पनि हुन् ।

समितिको सदस्यमा महासंघ कै कार्यकारिणी समिति सदस्य तथा ब्रोकर संघका अध्यक्ष सागर ढकाल, मर्चेण्ट बैंकर्स एशोसियशन अफ नेपालका अध्यक्ष तथा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी, नेपाल प्राइभेट इक्विटी एशोसियशनका अध्यक्ष तथा अवसर इक्विटी फण्डका अध्यक्ष ध्रुब तिमल्सिना, ब्रोकर संघका पूर्व अध्यक्ष तथा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनाली रहेका छन्  ।

त्यस्तै भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमल्सिना, आर्यतारा इनभेष्टमेण्ट तथा सेक्युरिटिजका अध्यक्ष रामचन्द्र भट्टराई, अधिवक्ता ज्योति दाहाल, रिलायबल इनभेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, हाथवे इन्भेष्टमेण्ट नेपालका प्रमुख कार्यकारी अधिकृत सन्दिप शाह, इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल, र अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल रहेका छन् ।

समितिको अन्य सदस्यमा रवि महर्जन, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा, कन्काई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्की, र बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार शाह रहेका छन् । संजिव मानन्धर समितिको आमन्त्रित सदस्यको रुपमा रहेका छन् ।

महासंघले समितिका सदस्यहरुलाई मनोनयनपत्र प्रदान गरिसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...

सुरज वैद्य बने अनररी कन्सुलर एचसीसीएनको डीन

प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ...
spot_img