आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ७ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय १८ रुपैयाँ तोकिएको छ ।










