spot_img

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नाडाबीच छलफल

spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले सवारी साधनको दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ ।

नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ ।

छलफलमा नाडाका महासचिव मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धि कार्यको चाप बढिरहेको बताउँदै यातायात कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राहीले समयमै सेवा नपाउने अवस्था सिर्जना भएको बताएका छन् ।

साथै, कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीको तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्ने भएपनि कार्यालयमा हुने नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण उक्त कार्य सम्पन्न गर्न बढी समय लाग्ने गरेको उनको भनाइ छ । उनले यो विषयमा प्रशासनका तर्फबाट तत्काल सहयोग र समन्वयका लागि अनुरोध गरेका छन् ।

सोहि छलफलको क्रममा नाडाका सचिव तथा टु ह्वीलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिहरुले भेटगरी उक्त विषयमा समाधानका लागि आफूहरुले छलफल समेत गरिसकेको जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुसँग छलफल र समन्वय गरी समस्याको समाधान गरिने आश्वासन दिएका छन् ।

भेटघाट तथा छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य विमल साह, नाडा टु ह्वीलर समितिका सदस्यद्धय योगेन गुरुङ्ग र दिपक रौनियार समेतको उपस्थिति रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...

निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने, आयोगले तोक्यो शुल्क

अब निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न सक्ने...

हिमालयन बुलियनका ग्राहकको सलिकोमा १० लाखसम्मको दुर्घटना बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा...

टोयोटाका गाडी किन्न एनआईसीले ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा कर्जा दिने

दशैंको मुखमा टोयोटाका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि...

महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण,...

बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण

वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी...