दशैंको मुखमा टोयोटाका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (UTS) र NIC ASIA बैंकबीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट समेत उपलब्ध हुनेछ । उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ ।
दशैंलाई लक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ ।
समझदारीपत्रमा UTS का Deputy General Manager (Sales and Marketing) रेखा शाह कार्की र NIC ASIA बैंकका Chief Business Officer, Retail Business अमित के.सी. ले हस्ताक्षर गरेका छन् ।









