वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेके तथ्यांक अनुसार सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पयटक नेपाल भित्रिएका हुन् ।
गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए । गत वर्षको सेप्टेम्बरको तलनामा यसवर्षको सेप्टेम्बर महिनामा पर्यटक आगमन १२.१ प्रतिशतले वृद्धि भएको हो ।
यस महिनामा सार्क राष्ट्रहरुबाट ३० हजार ८५ जना पर्यटक नेपाल आएका छन् । जसमा भारतबाट सबैभन्दा धेरै १७ हजार ४२५ जना नेपाल आएका छन् ।
चीनबाट ११ हजार २१२ जना, अमेरिकाबाट ८ हजार २९९ जना, श्रृलंकाबाट ७ हजार १०८ जना र बेलायतबाट ३ हजार ७२५ जना पर्यटक नेपाल भित्रिएका छन् । बाँकी अन्य देशबाट आएका छन् ।










