spot_img

दशैँ लक्षित सुपथ पसलः कुन वस्तुमा कति छुट ?

spot_img

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सुपथ मूल्य सञ्चालन गरिरहेका छन् ।

खाद्यले साउन २८ गते आफ्नो वार्षिकोत्सवकै अवसरदेखि सुपथ पसल सुरु गरिसकेको छ । काठमाडौँमा मात्रै ५ वटा सुपथ पसल सञ्चालन गरिएको खाद्यले जनाएको छ । रामशाहपथ, सिंहदरबार, थापाथली, दक्षिणकाली र नख्खुमा खाद्यले सुपथ मूल्य पुल सञ्चालन गरिरहेको छ ।

खाद्यका सुपथ मूल्य पसलमा उसले आफ्नै ब्राण्डमा बिक्री गर्दै आएका सबै वस्तुमा प्रतिकिलोग्राम ५ रुपैयाँ छुट दिएको छ । खाद्यले ‘नेपाल फूड’ भनेर ३५० भन्दा उत्पादन बिक्री गर्दै आएको छ ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनदेखि चिनी सम्ममा छुट दिएर सुपथ पसल सुरु गरेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । छुटपछि चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ कायम छ ।

दाल, तेल, चिउरा, मैदामा साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँ छुट दिएको छ । गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ र चामलमा प्रतिबोरा ५० रुपैयाँसम्म छुट दिइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बलेफी हाइड्रोले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, २ करोड लगानी गर्ने

बलेफी हाइड्रोपावर लिमिटेडले इन्भेष्टमेन्ट कम्पनी खोलेको छ। बलेफीले बिएचएल...

प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको...

सुनचाँदीको भाउ बढ्यो

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना हुँदै

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर...

नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक...

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...