सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा सदस्यहरूलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आवद्ध योग्य ग्राहकहरूले आफ्नो सदस्यताको स्तरअनुसार SALICO को दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् । उक्त योजनामा संलग्न हुने Silver Membership का ग्राहकले १ लाखसम्म, Gold Membership का ग्राहकले ५ लाखसम्म र Diamond Membership का ग्राहकले १० लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।
उक्त बीमा सुविधा दशैँको घटस्थापनादेखि लागू हुने जनाइएको छ । आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै हिमालयन बुलियनका ग्राहक तथा सदस्यलाई यस प्रकारको सुरक्षा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो ।
यस सहकार्यअन्तर्गत उपलब्ध बीमा सुविधामा दुर्घटनाका कारण हुने मृत्यु तथा स्थायी वा अस्थायी अशक्तता र दुर्घटनाजन्य उपचार खर्चसम्बन्धी कभर सदस्यताको योजनामा उल्लेख भएअनुसार उपलब्ध हुनेछ ।
ग्राहकलाई सेवा र सुरक्षालाई एकसाथ जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले हिमालयन बुलियनका सदस्यहरूलाई आफ्नो सदस्यता योजनासँगै अतिरिक्त सुरक्षा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
सलिकोले ग्राहकको बदलिँदो आवश्यकता र जोखिमलाई सम्बोधन गर्दै बीमा पहुँच विस्तार तथा विभिन्न क्षेत्रका संस्थासँगको सहकार्यमार्फत थप प्रभावकारी बीमा सुरक्षा उपलब्ध गराउँदै आएको छ ।










