हिमालयन बुलियनका ग्राहकको सलिकोमा १० लाखसम्मको दुर्घटना बीमा

spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा सदस्यहरूलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आवद्ध योग्य ग्राहकहरूले आफ्नो सदस्यताको स्तरअनुसार SALICO को दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् । उक्त योजनामा संलग्न हुने Silver Membership का ग्राहकले १ लाखसम्म, Gold Membership का ग्राहकले ५ लाखसम्म र Diamond Membership का ग्राहकले १० लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।

उक्त बीमा सुविधा दशैँको घटस्थापनादेखि लागू हुने जनाइएको छ । आकस्मिक दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै हिमालयन बुलियनका ग्राहक तथा सदस्यलाई यस प्रकारको सुरक्षा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो ।

यस सहकार्यअन्तर्गत उपलब्ध बीमा सुविधामा दुर्घटनाका कारण हुने मृत्यु तथा स्थायी वा अस्थायी अशक्तता र दुर्घटनाजन्य उपचार खर्चसम्बन्धी कभर सदस्यताको योजनामा उल्लेख भएअनुसार उपलब्ध हुनेछ ।

ग्राहकलाई सेवा र सुरक्षालाई एकसाथ जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले हिमालयन बुलियनका सदस्यहरूलाई आफ्नो सदस्यता योजनासँगै अतिरिक्त सुरक्षा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।

सलिकोले ग्राहकको बदलिँदो आवश्यकता र जोखिमलाई सम्बोधन गर्दै बीमा पहुँच विस्तार तथा विभिन्न क्षेत्रका संस्थासँगको सहकार्यमार्फत थप प्रभावकारी बीमा सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...