नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड

spot_img

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक सार्वजनिक कार्यक्रममै २०८३ असोज १५ गतेसम्ममा एउटा मात्रै नभई धेरै वटा कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिने बताएका थिए। तर आज असोज १६ गते हुँदासम्म बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ अनुमति दिएको छैन ।

यससँगै आम लगानीकर्ताले बोर्ड अध्यक्षमाथि अविश्वास व्यक्त गरेका छन् भने कतिपयले भने बोर्ड अध्यक्षले सार्वजनिक रुपमै अन्तराष्ट्रिय पाहुनाकै अगाडि ढाँटेको अभिव्यक्ति दिन थालेका छन् । त्यस्तो त गत वैशाख २ पछि बोर्डबाट कुनै पनि कम्पनीले आईपीओ अनुमति पाएका छैनन्। यसले आईपीओको प्राथमिक बजार ६ महिनादेखि  ठप्प छ।

अब भने बोर्डले आईपीओ निष्काशनको अनुमति दिने भएको छ। बोर्ड स्रोतका अनुसार बोर्ड अध्यक्ष डा. भट्टले आज असोज १६ गते शुक्रबार संचालक समितिको बैठक बोलाएका छन् । सो बैठकबाट निर्णय गराएर बोर्डले आज एउटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने तयारी गरेको स्रोतको भनाई छ। बत्ति बालिसकेको र नेटवर्थ पनि सय रुपैयाँ भन्दा बढी रहेको एउटा हाइड्रोपावर कम्पनीले आज आईपीओ निष्काशनको अनुमति पाउने सम्भावना उच्च रहेको स्रोतको भनाई छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...