spot_img

नाघ्यो असोज १५ को भाखा, आज आईपीओ निष्काशनको अनुमति दिँदै धितोपत्र बोर्ड

spot_img

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले एक सार्वजनिक कार्यक्रममै २०८३ असोज १५ गतेसम्ममा एउटा मात्रै नभई धेरै वटा कम्पनीलाई धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिने बताएका थिए। तर आज असोज १६ गते हुँदासम्म बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ अनुमति दिएको छैन ।

यससँगै आम लगानीकर्ताले बोर्ड अध्यक्षमाथि अविश्वास व्यक्त गरेका छन् भने कतिपयले भने बोर्ड अध्यक्षले सार्वजनिक रुपमै अन्तराष्ट्रिय पाहुनाकै अगाडि ढाँटेको अभिव्यक्ति दिन थालेका छन् । त्यस्तो त गत वैशाख २ पछि बोर्डबाट कुनै पनि कम्पनीले आईपीओ अनुमति पाएका छैनन्। यसले आईपीओको प्राथमिक बजार ६ महिनादेखि  ठप्प छ।

अब भने बोर्डले आईपीओ निष्काशनको अनुमति दिने भएको छ। बोर्ड स्रोतका अनुसार बोर्ड अध्यक्ष डा. भट्टले आज असोज १६ गते शुक्रबार संचालक समितिको बैठक बोलाएका छन् । सो बैठकबाट निर्णय गराएर बोर्डले आज एउटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने तयारी गरेको स्रोतको भनाई छ। बत्ति बालिसकेको र नेटवर्थ पनि सय रुपैयाँ भन्दा बढी रहेको एउटा हाइड्रोपावर कम्पनीले आज आईपीओ निष्काशनको अनुमति पाउने सम्भावना उच्च रहेको स्रोतको भनाई छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बलेफी हाइड्रोले खोल्यो इन्भेष्टमेन्ट कम्पनी, २ करोड लगानी गर्ने

बलेफी हाइड्रोपावर लिमिटेडले इन्भेष्टमेन्ट कम्पनी खोलेको छ। बलेफीले बिएचएल...

प्रधानमन्त्री समक्ष महासंघले बुझायो १० बुँदे सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको...

सुनचाँदीको भाउ बढ्यो

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

दशैँ लक्षित सुपथ पसलः कुन वस्तुमा कति छुट ?

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य...

आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना हुँदै

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा इन्टेरियर...

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...