नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० बुँदे सुझाव दिएको छ । रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, उत्पादन वृद्धि जस्ता विषयका लागि सरकारले गर्नुपर्ने काम समेट्दै महासंघले १० बुँदे सुझाव दिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘सरकारबाट निजी क्षेत्रले चाहेको के हो ? र, त्यसका लागि सरकारले के गरिदिनुपर्छ ?’ भन्दै लिखित रुपमा सुझाव माग गरेका थिए । त्यसपछि महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० बुँदे सुझाव बुझाउँदै ऐन तथा कानुनमा समसामयिक सुधार, अनुमानयोग्य कर प्रणालीको प्रबन्ध र एकिकृत कर संहिता निर्माण गर्नुपर्ने जस्ता विषय उठाएको छ ।










