Sunday, July 26, 2026
spot_img

यी हुन् हालसम्म चुनाव जित्ने उद्योगी व्यवसायी

spot_img

फागुन २१ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म आएका मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रफ्तार निकै बढेको छ ।

हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका आधारमा केही उद्योगी व्यवसायीहरुले पनि चुनाव जितेका छन् । स्याङ्जा १ बाट डा. जनन्जय रेग्मी निर्वाचित भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व सीईओ हुन् ।

बारा ३ बाट निर्वाचित भएका अरविन्द साह खल्ती पेमेन्ट गेट—वे का को–फाउण्डर हुन् । उनी पनि रास्वपाबाटै उम्मेदवार बनेका थिए । अछाम १ बाट निर्वाचित भरत स्वाँर यातायात व्यवसायी हुन् । उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् ।

त्यसैगरी भक्तपूर १ बाट निर्वाचित भएका रुकेश रन्जित पनि व्यवसायी हुन् । रास्वपाबाट उम्मेदवार बनेर निर्वाचित भएका उनी भक्तपूर उद्योग वाणिज्य महासंघका महासचिवसमेत थिए ।

यस्तै, रसुवाबाट निर्वाचित मोहन आचार्य निर्माण व्यवसायी हुन् । उनी कांग्रेसबाट उम्मेदवार थिए ।

काभ्रे २ मा निर्वाचन जितेका बदन भण्डारी पनि व्यवसायी हुन् । रास्वपाबाट उम्मेदवार बनेर चुनाव जितेका भण्डारी राष्ट्रिय व्यवसायी महासंघको पूर्व उपमहासचिव हुन् । कैलाली ५ बाट निर्वाचित आनन्द कुमार चन्द पनि शिक्षा क्षेत्रमा लगानी भएका व्यवसायी हुन् । उनी रास्वपाबाट उम्मेदवार थिए ।

त्यसो त, रास्वपाका उपसभापति डीपी अर्याल पनि व्यवसायी हुन् । उनी पनि काठमाडौँ ९ बाट निर्वाचित भइसकेका छन् ।

अझै धेरै स्थानमा मतगणना जारी छ । यसपटकको निर्वाचनमा उद्योगपति विनोद चौधरीदेखि विभिन्न उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन् । नतिजा आउने क्रम जारी नै छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...
spot_img