spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

spot_img

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिएको ३ महिनाभन्दा बढी समय भईसकेको छ। बोर्डले पछिल्लो पटक २०८३ वैशाख २ गते एकैसाथ ३ वटा कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

त्यसपछि बोर्डका अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिए। सरकारले असार ५ गते बोर्ड अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गरेको छ। नियुक्तिको १० दिनपछि पदभार ग्रहण गरेका उनले हालसम्म कै आईपीओ स्वीकृत गरेका छैनन् । यस संगै ३ महिनाभन्दा बढी समयदेखि आईपीओ निष्काशनको अनुमति दिने कार्य रोकिएको छ।

स्रोतका अनुसार धितोपत्र बोर्ड तत्काल आईपीओ निष्काशनको अनुमति दिने तयारीमा छैन । आईपीओ अनुमति रोकिएको छैन भन्ने देखाउन एकाध कम्पनीले साउनमा आईपीओ अनुमति पाउन सक्ने बताईएको छ। तर आर्थिक वर्ष २०८२/८३ समाप्त भएकोले बोर्डले  आईपीओ निष्काशनको अनुमति माग गरेका कम्पनीहरुसँग आर्थिक वर्ष २०८२/८३ को अडिट रिपोर्ट माग गर्ने बोर्ड स्रोतले जनाएको छ। कम्पनीहरुले अडिट रिपोर्ट बुझाएपछि मात्र  त्यसको अध्ययन गरेर प्रक्रिया पुगेकालाई आईपीओ निष्काशनको अनुमति दिने बोर्डको तयारी रहेको स्रोत बताउंछ। यस संगै साउन अन्त्य वा भदौदेखि मात्र कम्पनीहरुले आईपीओ निष्काशनको अनुमति पाउने बोर्डको आँकलन छ।

बोर्डका अध्यक्ष डा. गोपाल भट्टले भने प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि आवेदन दिएका कम्पनीहरुको अवस्थाबारे अध्ययन भइरहेको बताउछन्। पाइपलाइनमा रहेका कम्पनीहरुको अवस्थाबारे सेबोनले अध्ययन गरिरहेको र अध्ययन सकिएपछि योग्य कम्पनीहरुले आईपीओ निष्काशनको अनुमति पाउने अध्यक्ष भट्टले बताएका छन् ।

आफू हालै मात्रै अध्यक्षमा नियुक्त भएको र आफू अध्यक्ष भएयता कुनैपनि कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै आवेदन नदिएको उनको भनाइ छ । ‘म अध्यक्ष भएर आएपछि आवेदन आएका छैनन्, पहिल्यै आवेदन दिएका कम्पनीहरुको हकमा हामीले अध्ययन गर्दैछौँ’ उनले भने, ‘अध्ययन सकिएपछि योग्य कम्पनीहरुले अनुमति पाउँछन् । क्राइटेरिया नपुगेका कम्पनीहरुलाई तिम्रो यो यो कुरा पुगेन भनिदिन्छौँ । अहिले यो विषय अध्ययनकै क्रममा छ ।’

उनले मापदण्ड नपुगेका कम्पनीहरुलाई ‘यो यो मापदण्ड पुगेन, आवश्यक मापदण्ड पूरा गरेर आउ’ भनिने र मापदण्ड पुगेका कम्पनीलाई अध्ययन सकिनासाथ आईपीओ निष्काशनको अनुमति दिइएने बताएका छन् । अध्यक्ष भट्टले कहिलेसम्म अध्ययन सकिन्छ भन्ने सम्बन्धमा भने कुनै ‘मिति’ खुलाएनन् ।

हाल १०४ वटा कम्पनी आईपीओ निष्काशनको लागि आवेदन दिइसकेर बोर्डको अनुमति पर्खेर बसेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...