Sunday, July 26, 2026
spot_img

चुनाव नजिकिंदै गर्दा झन् बढ्यो को जित्छ भनेर गर्ने ‘बेटीङ’, हालसम्म साढे २ करोड लगानी

spot_img

नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावबारे अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ भईरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट ‘पोलीमार्केट’मा नेपालको चुनावबारे अनलाइन बेटिङ भईरहेको पाईएको हो ।

क्रिप्टोककरेन्सीमा आधारित विश्वको सबैभन्दा ठूलो भविष्यवाणी बजार प्लेटफर्म पोलिमार्केटमा नेपालको आगामी प्रतिनिधिसभा चुनावको विजेतालाई लिएर रोचक बजार सञ्चालन खुलेको हो। यो बजारले फागुन २१ मा हुने भनिएको चुनावमा कुन पार्टीले सबैभन्दा बढी सिट जित्छ भनेर भविष्यवाणी गर्न अनुमति दिने गरेको छ।

यो समाचार तयारपार्दासम्म यस बजारमा कुल १० हजार २ सय ६ अमेरिकी डलरको व्यापार भएको छ। यो भविष्यवाणी बजार डिसेम्बर ८, २०२५ मा दिउँसो ३:५३ बजे (ईस्टर्न टाइम) मा सिर्जना गरिएको देखिन्छ। यो मार्च ५, २०२६ सम्म सञ्चालन हुनेछ, जुन चुनावको मिति हो।  बजारको समाप्ति नेपालको निर्वाचन आयोगको आधिकारिक नतिजामा आधारित हुने भनिएको छ। यदि सिटहरू बराबर भएमा, पार्टीको संक्षिप्त नामको वर्णमाला क्रमअनुसार निर्णय गरिने उल्लेख छ।

कसरी काम गर्छ ?
पोलिमार्केट एउटा विकेन्द्रीकृत प्लेटफर्म हो, जसमा प्रयोगकर्ताहरूले वास्तविक घटनाहरूको नतिजामा पैसा लगानी गरेर भविष्यवाणी गर्छन्। यो नेपाल चुनाव बजारमा विभिन्न पार्टीहरू जस्तै रास्वपा (RSP), नेपाली कांग्रेस (NC), नेकपा एमाले (CPN-UML), नेकपा एकीकृत समाजवादी (NCP), राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP), लोकतान्त्रिक समाजवादी पार्टी (LSP) र राष्ट्रिय जनमुक्ति पार्टी (RJM) को विकल्पहरू छन्।

प्रयोगकर्ताहरूले “हो” (Yes) वा “होइन” (No) शेयरहरू किन्न सक्छन्। उदाहरणका लागि, यदि कसैलाई RSP ले सबैभन्दा बढी सिट जित्छ भन्ने लाग्छ भने “हो” शेयर खरिद गर्न सक्छन् । हाल शेयरहरूको मूल्य  ०.०१ डलर देखि  ०.९९ डलरसम्म रहेको छ ।

यो समाचार तयारपार्दासम्म हाल RSP को सम्भाव्यता ७२ % प्रेडिक्ट गरिएको छ , र  हो भन्ने शेयर खरिद गर्न ७२ सेन्ट पर्ने भानिएको छ। त्यस्तै NC को २६ % (हो को शेयर मूल्य २६ सेन्ट), CPN-UML को ३ सेन्ट र NCP को १ सेन्ट रहँदा अन्य पार्टीको भने १% भन्दा कम छ ।

लगानी USDC (एक स्थिर क्रिप्टोकरेंसी) मार्फत पोलिगन ब्लकचेनमा गर्नु पर्ने उल्लेख छ। यो प्लेटफर्मले परम्परागत बुकीहरूको सट्टा भीडको सामूहिक बुद्धिमत्तालाई प्रयोग गर्ने बताईएको छ।

कति मानिसहरूले लगानी गरेका छन् र कुन रकम ?
हालसम्म यस बजारमा कुल १ लाख ७२ हजार १ सय ७७ डलर को व्यापार भएको देखिन्छ। पार्टीअनुसार विभाजन गर्दा RSP मा  ६५ हजार ६ सय ५८ डलर, NC मा २८ हजार ४ सय २१ डलर र एमालेमा २७ हजार ८४ डलर वितरण छ। कति जना प्रयोगकर्ताहरूले लगानी गरेका छन् भन्ने सङ्ख्या उपलब्ध छैन । यो बजारमा लगानी गर्नेहरू मुख्यतया क्रिप्टो कारोबारी रहेको बताईएको छ।

मानिसहरूले कसरी कमाउँछन् ?

यो भविष्यवाणी बजारलाई जुवाको रूपमा लिन सकिन्छ, किनकि प्रयोगकर्ताहरूले क्रिप्टोकरेंसी प्रयोग गरेर घटनाको नतिजामा दाउँ लगाउँछन्। तर यो सामान्य जुवाभन्दा फरक छ, किनकि यसले सूचना सङ्कलन र पूर्वानुमानलाई प्रोत्साहन गर्छ।

यदि कसैले सही विकल्पको शेयर किने  भने, घटना समाप्त हुँदा सही शेयरले  १ डलर प्रतिशेयर भुक्तानी दिन्छ, गलतले शुन्य डलर। उदाहरण: यदि कसैले RSP को “हो” शेयर ७२ सेन्टमा किने र RSP जित्यो भने, प्रतिशेयर २८ सेन्ट नाफा हुन्छ। नतिजा नआउदै शेयर मूल्य बढ्यो भने शेयरहरू बेचेर पनि नाफा कमाउन सक्ने भनिएको छ।

यदि कम सम्भाव्यता भएको पार्टी जित्यो भने, कम मूल्यमा किनेको शेयरबाट ठूलो नाफा हुन सक्ने बताईएको छ (जस्तै १० सेन्टबाट १ डलर सम्म)। तर जोखिम पनि रहेको र गलत भविष्यवाणीले पूरै लगानी गुम्न सक्ने भनिएको छ।

कसले बनायो यो बजार ?
यो बजारको सिर्जनाकर्ता स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर यसलाई रिजोल्भर ठेगाना ०x२F५e३६८४c… ले व्यवस्थापन गरेको भनिएको छ, जुन ब्लकचेनमा आधारित विकेन्द्रीकृत पहिचान हो। पोलिमार्केटमा जोकोहीले यस्ता बजार सिर्जना गर्न सक्छन् । नेपालमा भने यस प्रकारका अनलाइन बेटिङ र भविष्यवाणी कानूनले नै प्रतिबन्ध गरेको छ।

निर्वाचन आयोगले भने यस्ता गतिविधि निर्वाचन ऐन र निर्वाचन आचारसंहिता विपरित हुने जनाएको छ ।  तर पोलिमार्केट अन्तराष्ट्रिय संजालमा संचालित विकेन्द्रीकृत प्लेटफर्म भएकोले यसलाई नियन्त्रण गर्न कठिन भएको यस क्षेत्रका जानकारहरु बताउछन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...
spot_img