चुनावको लागि नेपाली कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै

spot_img
spot_img

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।

प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारी एवं केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले एतिहासिक नगरी जनकपुरधाममा हुने कार्यक्रमलाई राजनीतिक रुपमा मात्र नलिएर मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने विशेष अवसरका रुपमा लिएको स्पष्ट गरे  ।

प्रवक्ता चालिसेका अनुसार मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । सोही भूमिबाट आज कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

कांग्रेस प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज अपराह्न ४ः०० बजे पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्रबारे जानकारी गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल...

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...