प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरुले जनाएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा विजनेश डेलिगेसनको सदस्यको रुपमा सम्मिलित होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेद्वाराजारी गरिएको संयुक्त वक्तव्यमा भैरहवा एयर रुट, अयोध्या–जनकपुर रेल सेवा लगायत पर्यटकीय महत्वका विभिन्न सर्किटहरुको संजालबाट भारतीय पर्यटकहरुको नेपाल आगमन संख्या दोब्बरले वृद्धि गर्न सकिने जनाइएको छ ।

दुवै मुलुकका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच भएका छलफल, समझदारी तथा १० बुँदे अवधारणापत्रमा दुई देशका जनता बीचको आपसी सम्बन्ध मजबुत र व्यापक बनाउन पर्यटन क्षेत्रको महत्व र यसबाट प्राप्त हुने आर्थिक समृद्धिको उल्लेख हुनुु र दुवै देशका उद्योगी व्यवसायीहरु सम्मिलित विजनेश डेलिगेसन सहभागी रहेको नयाँ दिल्लीमा सम्पन्न नेपाल–इण्डिया विजिनेश राउन्ड टेबलमा समेत द्विपक्षीय पर्यटन प्रवद्र्धनको विषय महत्वका साथ प्रस्तुत हुनु उल्लेखनीय रहेको जनाइएको छ ।

यस अवसरमा प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीहरुले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरिएको पनि जनाइएको छ । भ्रमणका अवसरमा दुई देशीबीच भएको समझदारीको १० बुँदामध्ये अयोध्या–जनकपुर रेल संचालनले जनकपुर लगायत नेपालको पर्यटन विकासमा ठूलो प्रभाव पार्ने देखिन्छ । यस अवसरको पूर्ण लाभ लिन केन्द्रीय तथा प्रदेश सरकार तथा सरोकारवाला निजी क्षेत्रले योजनावद्ध रुपमा जनकपुरमा आउने भारतीय पर्यटकहरुलाई काठमाडौं, पोखरा, मुक्तिनाथ, चितवन, लुम्बिनी लगायतका अन्य गन्तव्यमा आकर्षित गर्ने व्यवस्था गरी अझ बढी फलदायी बनाउनुपर्ने बताइएको छ । साथै दुई देशबीच भैरहवा नाकामार्फत् दुई तर्फबाट हवाई यातायात संचालन गर्ने सहमति भएको सन्दर्भमा छिटोभन्दा छिटो यो सेवा संचालन गर्न दुवै मुलुक अग्रसर रहन पनि अपिल गरिएको छ ।

भ्रमणमा भएका समझदारीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जनाउँदै हान, टान र नाट्टाका अध्यक्षहरुले समकक्षी भारतीय पक्षहरुमा नेपालसँगको व्यापार विस्तारमा नेपाली प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको भारत भ्रमणबाट सकरात्मक प्रभाव परेको र यसबाट सम्वद्ध नेपाली र भारतीय पक्षहरुले समेत नयाँ योजना तथा नाका लगायतमा विद्यमान व्यवस्थामा आवश्यक सुधार  गरी भारतीय पर्यटक दोब्बर बढाउने गरी कार्य गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीको राजकीय भ्रमणमा पर्यटन क्षेत्रबाट होटल संघ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स जस्ता अग्रणी छाता संगठनसमेतको सहभागिता गराइएकोमा सराहना पनि व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...

कोरला नाकामा हिउँ पर्न थाल्यो, साढे २ महिना चीनसँगको व्यापार कसरी सञ्चालन होला ?

नेपाल–चीनको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा प्रयोग भइरहेको मुस्ताङको...