नेपाल टेलिकम र विशाल बजारको शेयर बिक्री गर्दै सरकार, मोडालिटी तय गर्न उपसमिति गठन

spot_img
spot_img

नेपाल सरकारले नेपाल टेलिकम र विशाल बजार कम्पनीमा रहेको आफ्नो स्वामित्वको शेयर बिक्री गर्ने भएको छ। आज अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको सरकारी लगानी व्यवस्थापन समितिको बैठकले यी दुई कम्पनीको शेयर बिक्रीबाट अध्ययन गरेर मोडालिटीसहित सिफारिस गर्नको लागि दुई वटा छुट्टाछुट्टै उपसमिति गठन गरेको छ।

जसमा टेलिकमको शेयर बिक्रीको लागि अध्ययन गरेर मोडालिटी तय गर्न सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। समितिमा संचार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेल, र कानून मन्त्रालयका सचिव पाराश्वर ढुंगाना रहेका छन् । उपसमितिको सदस्य सचिवको जिम्मेवारीमा अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक संस्थान समन्वय महाशाखा प्रमुख रहेकी सहसचिव कविता रेग्मी छिन् ।

त्यस्तै विशाल बजारको शेयर बिक्रीको लागि अध्ययन गरेर मोडालिटी तय गर्न पनि सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, र कानून मन्त्रालयका सचिव पाराश्वर ढुंगाना रहेका छन् । उपसमितिको सदस्य सचिवको जिम्मेवारीमा अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक संस्थान समन्वय महाशाखा प्रमुख रहेकी सहसचिव कविता रेग्मी छिन् ।

उपसमितिले शेयर कसरी बेच्ने, कुन प्रक्रियाबाट बेच्ने, कसलाई बेच्ने, कुन मूल्यमा बेच्ने भन्ने लगायतका विषयमा अध्ययन गरेर समिति समक्ष सिफारिस गर्ने छ। उपसमितिका संयोजक रहेका सांसद खड्काले उपसमितिले अबको एक महिना भित्रमा अध्ययन गरेर प्रतिवेदन पेश गर्ने जानकारी दिए। उनका अनुसार उपसमितिले आवश्यकता अनुसार विज्ञ सदस्य राख्न सक्ने र उनीहरुसँग छलफल गर्न सक्ने व्यवस्था रहेको छ। विज्ञ सदस्य र सरोकारवाला सहित छलफल गरेर उपसमितिले एक महिना भित्रै प्रतिवेदन पेश गर्ने उनले जानकारी दिएका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकममा सङ्घीय सरकारको ६६ प्रतिशत शेयर कायम राखी बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई ‘टेकहब’ बनाउन उपयोग गर्ने घोषणा गरेका थिए।

हाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारण तथा कर्मचारीको ८.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारको स्वमित्व ६६ प्रतिशत राखेर बाँकी शेयर बेच्नु पर्दा टेलिकमको २५.४९ प्रतिशत शेयर सरकारले बिक्री गर्ने छ। जुन करिव ४ करोड ५८ लाख कित्ता भन्दा बढी हुन आउँछ ।

त्यस्तै विशालबजारमा नेपाल सरकारको प्रत्यक्ष सेयर स्वामित्व ९८.७५ प्रतिशत रहेको छ। यसका साथै अन्य सरकारी संस्थानहरूको सेयर समेत जोड्दा कुल सरकारी स्वामित्व करिब ९९ प्रतिशत पुग्छ।

सरकारले दुवै कम्पनीबाट आफ्नो स्वामित्व घटाउन लागेको हो।

यस अघि : कहाँ पुग्यो पुस मसान्तभित्रै टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणलाई बेच्ने सरकारको घोषणा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गल्ली–गल्लीमा गहना पसल, तर ३९ प्रतिशतले बुझाउँदैनन् कारोबार विवरण

पैसाको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरक्षाको दृष्टिकोणले...

नेप्से सीइओलाई नेपाल पूँजीबजार लगानीकर्ता संघको बधाई, सुधारका लागि ध्यानाकर्षण

नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)...

५० लाखभित्र पाइने ३ ईभी कारः कुनको विशेषता के ?

नेपाली अटो बजारमा ५० लाख मूल्यसम्मका विद्युतीय कार अहिले...

सुनचाँदीको भाउ बढ्यो

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा...

नबिल एसएसई: १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजारभन्दा बढी रोजगारी सिर्जना

सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्दै...