आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १० हजार ९९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।









