टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु

spot_img
spot_img

काठमाडौंको टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु भएको छ । ‘काठमाडौं जलवायु कार्य सप्ताह २०२६’ को अवसरमा प्लान्टको उत्पादन परीक्षण गरिएको हो ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले प्लान्टको उद्घाटन गरेका छन् । परीक्षण पश्चात उक्त प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

टेकुमा रहेको फोहोर व्यवस्थापन केन्द्रबाट निस्कने जैविक फोहोरलाई प्रशोधन गर्दै जैविक फोहोरबाट बायोग्यास तथा मिथेन ग्यास उत्पादन गगरिनेछ ।

यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु गरेर २०७५ सालदेखि सञ्चालन थालिएको थियो । तर, त्यसयता बन्द रहेको प्लान्त पुनः सञ्चालनमा ल्याइएको हो ।

प्लान्ट सञ्चालन हुँदा दैनिक तीन मेट्रिकटन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल, १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपियाँ लगानी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण...

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ...

विश्वकै ठूलो मर्जरको सम्भावना, बन्न सक्छ ५ खर्ब डलरको कम्पनी

विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी...

प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग...

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका...

नबिललाई भिसा इन्टरनेशनलका दुई अवार्ड

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा...