नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका छन् । चौथो साधारणसभाबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठ मानार्थ सदस्य र मुकुन्दप्रसाद तिमिल्सिना निवर्तमान अध्यक्षको भूमीकामा रहने भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ, उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी चयन भएका छन् । महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा नीतु कायाल तथा सचिवमा स्कन्द अमात्य र नीलकृष्ण ताम्राकार चयन भएका छन् ।
कार्यसमिति सदस्यमा दिपेन्द्र सिग्देल, उरुषा चापागाईं, भरत श्रेष्ठ, प्रकाशविक्रम खत्री, शिव ढकाल, उत्तम सिवाल, चेतन भण्डारी, राजेश लामा, सोफिया उपाध्याय, सञ्जीवकुमार पाण्डे, गोर्मेटे दोर्जे श्रेष्ठ, उद्धव बर्तौला, आस्मा पौड्याल, निरज तिमिल्सिना, दिपेन्द्र श्रेष्ठ, राकेश अडुकिया, अग्रिम कार्की, श्याम कँडेल र तोरिशा जी रहेका छन् ।









