कहाँ पुग्यो पुस मसान्तभित्रै टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणलाई बेच्ने सरकारको घोषणा ?

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकममा सङ्घीय सरकारको ६६ प्रतिशत शेयर कायम राखी बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई ‘टेकहब’ बनाउन उपयोग गर्ने घोषणा गरेका थिए। बजेट बक्तब्यमै तोकिएको मिति नजिक आईसक्दा कम्पनीको शेयर कसरी र कुन मूल्यमा बिक्री होला भन्ने चासो बढेको छ।

तर मोडालिटीको विषयमा हालसम्म केही पनि निर्णय नभएको पाईएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक संस्थान समन्वय महाशाखा प्रमुख रहेकी सहसचिव कविता रेग्मीका अनुसार यस विषयमा छलफल गर्न भोलि मङ्सिर ११ गते सरकारी लगानी व्यवस्थापन समितिको बैठक बस्दै छ। यस समितिको अध्यक्ष अर्थमन्त्री रहने व्यवस्था छ।  समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रतिनिधि सभाका २ जना सांसद, र विभिन्न मन्त्रालयका सचिवहरू रहने व्यवस्था छ।  मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिनिधि सभाका सदस्यद्वय सुशील खड्का र योगेश गौचन थकाली समितिको सदस्यमा मनोनयन भएका छन्। 

मन्त्रालयका अनुसार सो बैठकले टेलिकमको शेयर बिक्रीको लागि सिफारिस गर्न एउटा उपसमिति गठन गर्ने छ। उक्त उपसमितिले शेयर कसरी बेच्ने, कुन प्रक्रियाबाट बेच्ने, कसलाई बेच्ने, कुन मूल्यमा बेच्ने भन्ने लगायतका विषयमा अध्ययन गरेर समिति समक्ष सिफारिस गर्ने छ। उपसमितिको सिफारिस अनुसार समितिले शेयर बिक्रीबारे आवश्यक निर्णय गर्ने र शेयर बिक्री प्रक्रिया अघि बढ्ने बताईएको छ। उपसमितिले कति समय पाउँछ प्रष्ट छैन। तर सरकारले तोकेको पुस मसान्तभित्र नै शेयर बिक्री गर्ने प्रक्रिया भने पुरा नहुने देखिएको टेलिकमकै संचालकहरुले बताउन थालेका छन्।

हाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारण तथा कर्मचारीको ८.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारको स्वमित्व ६६ प्रतिशत राखेर बाँकी शेयर बेच्नु पर्दा टेलिकमको २५.४९ प्रतिशत शेयर सरकारले बिक्री गर्ने छ। जुन करिव ४ करोड ५८ लाख कित्ता भन्दा बढी हुन आउँछ । टेलिकमको हिजो कारोबार बन्द हुँदाको बजार मूल्य ९५७ रुपैयाँ थियो । सरकारले कुन मूल्यमा शेयर बेच्छ अहिले प्रष्ट भएको छैन। तर ९०० रुपैयाँ हाराहारीमा शेयर बेचेको खण्डमा सरकारले ४१ अर्ब भन्दा बढी रकम पाउँछ। शेयर बिक्रीबाट आएको रकम नेपाललाई ‘टेकहब’ बनाउन उपयोग गर्ने सरकारको घोषणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण...

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ...

विश्वकै ठूलो मर्जरको सम्भावना, बन्न सक्छ ५ खर्ब डलरको कम्पनी

विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी...

प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग...

टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु

काठमाडौंको टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु...

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका...