राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

spot_img
spot_img

सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन्।

मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ समेत रहेको समिति गठन गरेका हुन्।

समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ। समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनालाई आधार बनाएर आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ।
नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने र दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ...

विश्वकै ठूलो मर्जरको सम्भावना, बन्न सक्छ ५ खर्ब डलरको कम्पनी

विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी...

प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग...

टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु

काठमाडौंको टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु...

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका...

नबिललाई भिसा इन्टरनेशनलका दुई अवार्ड

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा...