Sunday, July 26, 2026
spot_img

नेप्सेमा श्रीनगर एग्रीटेकको शेयर सूचीकृत, कुन मूल्य मा हुन्छ सुरुवाती कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको शेयर सूचीकृत भएको छ। आज शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि आइतबार बाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.५९ रुपैयाँदेखि ३०१.७७ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ।

कम्पनीको शेयर (SAIL) सिम्बलबाट कारोबार हुने छ।

 यस कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ ।

कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...
spot_img