Sunday, December 14, 2025
spot_img

हकप्रदपछि सिटी होटेल नाफामा जाने विश्वास, क्यासिनो, नयाँ जिम तथा स्पा सञ्चालनको तयारी

spot_img

हकप्रद निष्काशनपछि सिटी होटल लिमिटेडको घाटा घट्दै जाने र कम्पनीले नाफामुखी यात्रा तय गर्न सक्ने देखिएको छ । हकप्रदपछि कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पार्ने पनि देखिएको छ।

पछिल्लो समय सिटी होटल विशेषगरी चर्को बैंक व्याज तिर्नुपर्ने बाध्यतामा थियो ।  हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले आगामी त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने देखिन्छ । होटलले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउने कम्पनीले उल्लेख गरेको छ। हकप्रद सेयरको लिलामी प्रक्रियामा रहेको होटलले लिलामीबाट प्रिमियम समेत आम्दानी गर्नेछ।

पछिल्लो तीन वर्षयता होटलको व्याज खर्च निरन्तर घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९।८० मा ३५ करोड ३४ लाख र २०८०।८१ मा ३२ करोड ७३ लाख रुपैयाँ ब्याज खर्च रहेको होटलले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो ।

गत वर्ष मात्र सिटी होटलले हायात सेन्ट्रिकसँग सहकार्य गर्दै हायात सेन्ट्रिक ब्राण्डबाट आफ्नो सेवा दिन थालेको थियो । सोभन्दा पहिले होटल हायात प्यालेस ब्राण्डमा सञ्चालनमा थियो । हायात सेन्ट्रिकमा रुपमान्तरण भएसँगै होटलको व्यवसायमा सकरात्मक असर परेको र त्यसले नोक्सान न्युनीकरणमा टेवा दिएको कम्पनीले जनाएको छ ।

नबिकेको शेयर लिलाममा 

सिटी होटलले हकप्रद निष्काशनका क्रममा बिक्री नभएको २१ लाख ५० हजार ४१८ कित्ता सेयरको लिलामी गरिरहेको छ । कात्तिक २३ गते आइतबारदेखि लकइनमा रहेका संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीको ६ हजार कित्ता तथा लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता र सेयर लिलामीमा राखेको हो ।

कम्तीमा १०० रुपैयाँ प्रतिकित्ताको दरमा होटलको सेयरमा कात्तिक ३० गतेसम्ममा आवेदन दिन सकिन्छ । यसका लागि होटलको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा गई आवेदन दिन सकिन्छ । राजधानी बाहिर प्रभु बैंकका बिराटनगर, हेटौंडा, बीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

क्यासिनो सञ्चालनको तयारी

कम्पनीले लाभको यात्रालाई अझ सुदृढ गर्न क्यासिनो सञ्चालनको तयारी गरेको जनाएको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने अवस्था रहने कम्पनीले उल्लेख गरेको छ। होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी गरेको होटलको सेवा दायरा बढ्दा उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्ने अवस्था बन्ने कम्पनीको विश्लेषण रहेको छ।

होटलले आयस्रोत बढाउन सुधारका अन्य विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारीले होटलको दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने बताईएको छ । यसका साथै होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका टोलीहरुलाई आवास र भोजन सेवा उपलब्ध गराउने सहमति गरेको छ, जसबाट होटलको आम्दानीमा प्रत्यक्ष वृद्धि हुने कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...

एनपीएल फाइनलः टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोज्यो, लुम्बिनीले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्य अघि बढ्यो

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया...

एनपीएलको फाइनल आजः सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज फाइनल...

सबैभन्दा धनी पार्टी एमालेको महाधिवेशनमा कसरी हुँदैछ खर्च व्यवस्थापन ?

विद्यमान राजनीतिक दलमध्ये नेकपा एमाले सबैभन्दा धनी राजनीतिक दलका...
spot_img
spot_img