spot_img

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

spot_img

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले जाल्पादेवी अटोवर्क्सले सेवा समय थप गरेको हो ।

असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउन थालेको छ । यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो ।

नयाँ व्यवस्थासँगै दिनभर सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन् । ग्राहकको समय र सञ्चालन आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको जनाइएको छ ।

श्री जाल्पादेवी अटोवर्क्समा टाटा कमर्सियल भेहिकलकालागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, TATA Genuine Spare Parts,, दक्ष तथा प्रशिक्षित प्राविधिक, छिटो तथा भरपर्दो सेवा तथा उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइने बताइएको छ ।

सेवा विस्तारले विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । सवारीको डाउनटाइम कम गर्दै अधिकतम आम्दानी र न्यूनतम सञ्चालन खर्च सुनिश्चित गर्ने उद्देश्यअनुसार सेवा व्यवस्थापन गरिएको सिप्रदीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर...